लामिछाने लाई बहसको लागि अदालत लगियो। आज थुनछेक बहस हुने।
गण्डकी सन्देश सम्वाददाता
लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।आइतबार स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दायर भएपछि जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको थुनछेक बहस हुन नसकेपछि प्रहरीको जिम्मा लगाउने आदेश भएको थियो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।
आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए । उनिहरुलाइ लामिछानेको बयान अध्ययन नगरेकाले बहस गर्न नसक्ने भनी इजलासमा कुरा उठाएपछि न्यायिक हिरासतमा पठाउने आदेश भएको थियो । थुनछेक बहस पछि जेल चलान वा तारेखमा छोड्ने अदालतले आदेस गर्नेछ।
काठमाडौं: सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको...
Read More
चितवन । गरिब तथा विपन्नका सारथी एवम् समाजसेवी रेखा तामाङको वृद्धमैत्री घर निर्माण अभियान र सहजीकरणबाट एक वृद्ध प्रजा दम्पत्तिले नयाँ घर तथा कोष निर्माणका लागि आर्थिक सहयोग पाप्त...
Read More
पोखरा , पौष १९, नागरिक परोपकार समन्वय संस्था कास्कीको आयोजना र लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाको समन्वयमा कास्कीको , रुपा गाउँपालिका वडा नं. २ थुम्की स्थित...
Read More