छुटेनन लामिछाने , बुधबार सम्म हिरासत राखेर अदालतमा उपस्थित गराउन आदेस !
गण्डकी सन्देश सम्वाददाता
लेखनाथ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार पनि प्रहरीको हिरासतमा रहेका छन् ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा आज पनि बहस भयो।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ ।प्रहरीले काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गरेको छ ।सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि बिहीबार साँझ ६५ लाख धरौँटी बुझाएर पोखराबाट छुटेका थिए ।
८४ दिनको हिरासत बसाइ पछि कास्की जिल्ला अदालतले लामिछाने लाई धरौटीमा रिहाई गरेको थियो। उनि ६५ लाख धरौटी राखेर रिहाइ भएका थिए । आजको थुनछेक बहस पछि बुधबार सम्म न्यायिक हिरासतमा राख्न काठमाडौ जिल्ला अदालतले आदेस दिएको छ।
फिर्केखोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना...
Read More
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । कारोबार खुलेसँगै सामान्य उचारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ०.०२ प्रतिशतले बढ्यो । ०.०२...
Read More
लेखनाथ । समृद्ध समाज, हाम्रो परिकल्पना भन्ने मुख्य उद्देश्य लिएर स्थापना भएको गण्डकी प्रदेश स्तरीय क्लब सुर्यतारा क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा खेल महोत्सव २०८१ हुने भएको...
Read More
रुपा गाउँपालिकामा साहित्य, कला तथा संस्कृतिको सम्बर्धन र प्रवर्धनको लागि स्थापित रूपा वाङ्मय प्रतिष्ठानले आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ । उक्त कार्यक्रमले गितकार आदर्श पोखरेलको अध्यक्षतामा ११ सदस्यीय...
Read More