पौष २९ गते २०८१

भूमि समस्या समाधान आयोगको अध्यक्षमा बैन बहादुर गुरुङ ।

लेखनाथ । भुमि समस्या समाधान आयाेग कास्कीको अध्यक्षमा बैन बहादुर गुरुङ नियुक्त भएका छन । नेकपा एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य समेत रहेका गुरुङ मन्त्री स्तरिय निर्णय बाट उक्त पदमा नियुक्त भएका हुन ।

  बिगतमा पनि भुमी सम्बन्धि थुप्रै अध्यक्षहरु बने पनि भुमी सम्बन्धि समस्या हरुको समाधान हुन सकेको छैन । नेपालमा वास्तविक भुमिहिन हरुले भुमी प्राप्त गर्न नसक्ने तर राजनितिको आड र शक्तिको भरमा भुमिको दुरुपयोग हुने गरेको जनगुनासो छ । राजनितीमा खारीएका गुरुङले न्यायिक तरिकाले कास्की जिल्ला भर रहेको भुमिको समस्या लाई समाधान गर्ने अपेक्षा गरिएको छ ।