माघ २ गते २०८१

रबिको थुनछेक बहस सकियो! उनी छुट्लान ? कि जेल चलान होलान? आजै आदेस आउने!

पोखरा । रास्वपा का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सो मुद्दाको सुनुवाइ भएको थियो । रविको पक्षमा पूर्व महान्यायाधीवक्ताद्धय रमण श्रेष्ठ र सुशील पन्तलगातले बहस गरेका थिए ।

लामिछानेका कानुन व्यवसायीहरुले बहस सकेपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको थियो । जवाफी बहस सकिएसँगै आदेशको तयारी भइरहेको बताइएको छ । आदेस पछि उनी छुट्ने वा थुनामा पठाउने भन्ने एकिन हुनेछ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको थिउो । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप।