माघ ३ गते २०८१
लाइसेन्स ट्रायलमा सुजकीको अल्टो k10 र हिरोहोण्डाको प्रयोग हुने, परीक्षार्थीका लागि थप सहज हुने
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्की पोखरा देश भरकै व्यस्त एवं निरन्तर ट्रायल हुने र राजस्व सङ्कलन हुने कार्यालयमा पर्दछ ।गण्डकी प्रदेशको राजधानी पोखरामा ट्रायल दिँदा मोटरसाइकल तथा स्कुटरको ट्रायलका साधन निःशुल्क र कार, जिप, डेलिभरी भ्यान, मिनिबस, मिनी ट्रक, बस ट्रक लहरी, ट्याक्टर, पावर टेलर न्यूनतम मूल्यमा ट्रायल दिने साधनहरू देश भर कै सस्तो र स्तरीय रहेको कार्यालयले जनाएको छ । युरो मापदण्डका नयाँ मोडलका गाडीहरू ट्रायलमा राखिएका छन् । पावर स्टेरिङ, एसी, पावर विन्डोज, एबिएस एन्ड ई बिडी सिस्टम, एयर ब्याग, ग्राउन्ड किलियरेन्स,ब्याक सेन्सर लगायतका विशेषता भएका गाडीहरू ट्रायलमा राखिएका छन् । ग्राहकको माग लाई मध्यनजर गर्दै पोखरामा ट्रायल परीक्षाका लागि सवारीसाधन व्यवस्थापन गरेको सनराईज ड्राईभिङ्ग स्कुलले ड्याटसन ,यमाह मोटरसाइकल स्कुटर लगायत अब बाट मारुती कम्पनीको अल्टो कार र मोटरसाकलमा हिरो सुपर स्प्लेन्डर , हिरो जुम,डिओ स्कुटर, टिभिएस एनट्रक स्कुटर र रेडियन मोटरसाईकल लगायतका साधन बाट ट्रायल दिन र तिनै साधन बाट सिक्न सकिने व्यवस्था मिलाएको सनराईज ड्राइभिङ स्कुलका अध्यक्ष वसन्त भट्टचन ले बताए । सनराईनकोे पोखरामा अबस्थित नयाँबजार, रंगशाला गेट अगाडी, फुलवारी र बिरौटा शाखामा यि साधनहरू उपलब्ध हुने भट्टचनले जानकारी दिए ।नयाँ प्रबिधि भएका र नयाँ मोडलका सवारीसाधन आवश्यक भए पनि हालसम्म पुरानै सवारीसाधनले परीक्षा दिनुपर्दा सेवाग्राहीका लागि असहज हुने, धेरै फेल हुने अवस्था रहेकोमा आफूहरूले सो कुराको मध्यनजर गर्दे नयाँ सवारीसाधनको व्यवस्था गरिएको हो । अत्यन्त कम मूल्यमा ट्रायल दिने व्यवस्था समेत सनराईज ड्राईीभङ्ग स्कुलले गरेको छ । अल्टो के टेन गाडीको टर्निङ्ग क्षमता र वाइड स्पेस पनि यसअघि प्रयोग भएका सवारी साधन भन्दा कम भएका कारण ट्रायलमा थप सहज हुने भएको हो । यसअघि वाइड स्पेस १५ सय ६० रहेको सवारी प्रयोग भएको थियो भने अब देखि १४ सय ९० भएको सवारी प्रयोग हुनेछ । त्यसैसरि टर्निङ्ग रेडियुस पनि अल्टोको कम रहेको सुजुकी शो रुम पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए । जसले गर्दा परिक्षार्थीलाई टनिङ्ग लिन सहज हुनेछ । गण्डकी प्रदेशको राजधानी पोखरामा सवारीसाधनको ट्रायल दिँदा मोटरसाइकल तथा स्कुटरका लागि निःशुल्क र कार, जिप, डेलिभरी भ्यान, मिनिबस, मिनी ट्रक, बस ट्रक लहरी, ट्याक्टर, पावर टेलर न्यूनतम मूल्यमा ट्रायल दिन पाईने व्यवस्था गरिएको छ ।