युवाहरुले आफ्नो सीप र क्षमतालाई देशमा नै लगाउनु पर्छ- प्रधानमन्त्री ।
गण्डकी सन्देश सम्वाददाता
लेखनाथ , प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरु काम गरिरहेको स्पष्ट गरे ।
उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गाैला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाए । प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए ।
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरुलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताए ।
कार्यक्रममा कुलपति ओलीबाट विसं. २०८० र २०८० मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थीलाई दीक्षित भएका छन् । यसैगरी कुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरु अरविनदकुमार शाह (अर्थाेपेडिक्स) र आषिश सापकोटा (जनरल सर्जरी) लाई उपकुलपति पदक वितरण गरे । प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन पनि गरे ।
विश्वविद्यालयका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडल उपस्थित समारोहमा कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्रा माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण प्रस्तुत गरेका थिए । प्रतिष्ठानकाा उपकुलपति प्रा डा. डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शैंयाको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिए।
फिर्केखोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना...
Read More
सन्तोष युरोपियन देश साईप्रसमा लोकतन्त्रमा विश्वास गर्नेहरुको साझा संगठन नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा पुष्पा मिश्र सर्बसम्मत रुपमा चयन हुनुभएको छ । जससको आज आईतवार भर्चुवल एवमं भौतिक रुपमा...
Read More
गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको संसद बैठक अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढंगले वितरण नगरिएको भन्दै...
Read More
पोखरा महानगरपालिका वडा नम्वर ३ नदिपुुरमा रहेको सक्षम बचत तथा ऋण सहकारी संस्थाको १५औं साधाहरण सभा सम्पन्न भएको छ । साधाहरण सभाको उद्धघाटन गर्दे प्रमुख अतिथि पोखरा महानगरपालीका सहकारी...
Read More