कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरू समेटिनुपर्छ : महामन्त्री थापा
गण्डकी सन्देश सम्वाददाता
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्वका साथ उठाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रूपमा रहेको बताए । उनले कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै माघको २० गतेसम्म संसदमा दर्ता गर्ने तयारी गरिएको बताए । अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरू बनाएपनि मूल कानुन बनाउन नसकिएकाले अब बन्ने कानुन कृषिको मूल कानुन हुने बताए । कृषिको मूल कानुन बनाउन नसक्दा कृषिले गति लिन नसकेको उनले बताए । रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्त्वपूर्ण रूपमा हेरिनुपर्ने बताए । महामन्त्री थापाले भने, ‘एउटा मौका अहिले आएको छ । अहिले कृषि मन्त्रालयले कृषि विधेयकमा काम गरिरहेको छ । कृषि विधेयक २० गतेभित्रमा संसदमा दर्ता गर्ने भन्ने मन्त्रालयको तयारी छ । अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरू बनाएपनि यसको मूल कानुन हामीले अहिलेसम्म बनाएनौँ ।’ महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरू महत्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्त्वपूर्ण बन्न नसकेको बताए ।
८ वैशाख, काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट...
Read More
बिहानै प्राय सबैले प्रयोग गर्ने ड्रिङ्क हो चिया। केही मानिसको दिनाचर्या नै चियाको चुस्किबाट सुरु हुन्छ। स्वास्थ्य विज्ञहरू यस्तो गर्नु गलत हुने बताउँछन्।बिहानै चिया पिउँदा यसले स्वास्थ्यमा थुप्रै नकरात्मक...
Read More
सरकारले कोरोना भाइरसविरुद्धकाे खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलको अध्यक्षतामा बसेको बैठकले कोरोना...
Read More
औषध सेवनकर्ता र उनिह?को अभिभावकह?लाई सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यलय कास्कीले विभिन्न स्थानबाट १३ जना लागू औषध सेवनकर्ताह? नियन्त्रणमा लिई सचेतना दिइएको हो । नियन्त्रणमा रहको...
Read More