पोखरा-१५, नयाँगाउँमा रहेको कम्प्लिट हेल्थ क्लिनिकले आफ्नो सेवा विस्तार गरेको छ। क्लिनिकका सञ्चालक अर्जुन पहारीले जानकारी दिएअनुसार, क्लिनिकमा ख्यातिप्राप्त विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक स्वास्थ्य जाँच तथा परामर्श सेवा उपलब्ध हुनेछ।
क्लिनिकमा ल्याब, एक्सरे, भिडियो एक्सरे, फार्मेसी लगायतका अत्याधुनिक सेवा सुविधा प्रदान गरिँदै आएको छ। साथै, निकट भविष्यमा काठमाडौंका प्रतिष्ठित विशेषज्ञ डाक्टरहरूमार्फत सेवा विस्तार गरी स्थानीय बिरामीहरूलाई थप गुणस्तरीय सुविधा उपलब्ध गराउने योजना रहेको क्लिनिकले जनाएको छ।
हाल क्लिनिकमा उपलब्ध प्रमुख विशेषज्ञहरूमा बाल रोग विशेषज्ञ डा. विधान घिमिरे, वरिष्ठ न्युरो सर्जन डा. राजन कुमार शर्मा, हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. राजेन्द्र कार्की र डाक्टर यदुनाथ बराल ,छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अनुप पनडित, सर्जन डाक्टर डेबिड श्रेष्ठ , सुगर रोग विशेषज्ञ डाक्टर शान्ति पोखरेल , जनरल फिजिसियन डा. सिर्जना पौडेल र डा. अशोक तिवारी र मेडिकल अफिसर सुरेन्द्र दास रहेका छन्।
क्लिनिकले स्थानीय स्तरमै सबै प्रकारका गुणस्तरीय स्वास्थ्य सेवाहरू एकै ठाउँमा प्रदान गर्ने लक्ष्य राखेको छ।
बैशाख १८ । लकडाउनका कारण अप्ठेरोमा परेका तर घर फर्कन नपाएका मानिसहरुलाई पहिलोपटक राहत दिने भएको छ । लमजुङ्गको राईनास नगरपालिकाले पालिका बाहिर रहेका नागरीकहरुलाई राहत बितरण गर्ने तयारी...
Read More
सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा कठिनाइ भएको छ । खराब मैसमका कारण सम्पर्कविहीन ९ एनएईटी ट्विनअटर विमानका खोजीमा कठिनाइ भएको हो । सम्पर्कविहीन जहाज खोज्न दुईवटा हेलिकोप्टर खाइए...
Read More
हेमजा, २३ साउन, गोबिन्द तिमिल्सिना सामुदायीक प्रहरी सेवा एवं सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा माच्छापुच्छे« गाँउपालिका वडा न. ४ लाहाचोकमा अवस्थीत महेन्द्र मा.बि मा बिहीबार लागु...
Read More
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की जिल्लामा चुनावी सरगर्मी बढेको छ । नजिकिँदै गरेको निर्वाचनलाई लक्षित गरी दलहरू गाउँगाउँमा आफ्नो चुनाव लक्षित कार्यक्रमलाई अघि बढाएका छन् भने निर्वाचनको...
Read More