माघ ८ गते २०८१
माघ ९ गते अर्थमन्त्री पौडेल पोखरा आउने – एमाले कास्की ।
पोखरा, नेकपा(एमाले) का उपाध्यक्ष,नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल यहि माघ-९ गते पोखरा आउने भएका हुन । पार्टीको निमन्त्रणा र पोखराका ब्यबसायी संग यहाँका समग्र समस्या लगायत विषयमा छलफल हुने एमाले कास्कीले जानकारी दिएको हो। साथै पार्टीका अगुवा नेता कार्यकर्ता हरु संग दिउसो १ बजे नेकपा(एमाले)कास्की जिल्ला पार्टी कार्यालयको सभाहलमा अन्तरक्रिया कार्यक्रम हुने जिल्ला अध्यक्ष बैन बहादुर क्षेत्रीले सुचित गरेका हुन । पोखराको क्षेत्रीय अन्तरास्ट्रिय बिमानस्थलमा अन्तरास्ट्रिय उडान लगायत यहाको पर्यटनका विषयमा समेत छलफल हुने बताईएको छ। पार्टी निर्माण र संगठनका सम्बन्धमा समेत निर्देशनात्मक कुराहरु समेत हुन सक्ने एमाले कास्कीले जनाएको छ।