माघ १६ गते २०८१

साहित्यको क्षेत्रमा जाग्दै रुपा, रुपा वाङ्मय प्रतिस्ठानको अधिबेशन हुँदै।

साहित्यको क्षेत्रमा साहित्यकर्मी हरुलाइ एकजुट गर्नको लागि रुपा गा पा मा रुपा वाङ्मय प्रतिस्ठान गठन हुदैछ । नया प्रतिभाको खोजी र अग्रज हरुलाई गठित गर्नको लागि प्रतिस्ठान नै गठन गरेर रुपा जन्मभुमी र कर्मभुमिमा उर्बर साहित्यकार हरुलाइ परिचित गर्दै सामाजिक र साहित्यको क्षेत्रमा लाग्नको लागि प्रेरित पार्ने उद्देश्यले प्रतिस्ठन गठन गर्न लागीएको हो ।

  यहि माघ १९ गते रुपा वडा न ६ भिर्चोकमा प्रथम अधिबेशनको आयोजना गरिएको  छ। आयोजनाको लागि सम्पुर्ण रुपावासी साहित्यकार र नब साहित्यकार हरुलाइ निमन्त्रणा समेत गरिएको कुरा युवा कवि तथा शिक्षक मदन घिमिरेले जानाकारी गराए। गितकार आदर्श पोख्रेल , सुजन भुजु, कृष्ण सुवेदी लगाएका  साहित्यकार र साहित्यमा रुचि राख्ने बाक्तित्वहरुको पहलमा कार्यक्रम आयोजना गरिएको हो। अधिबेशनले आगामी कार्यसमिति चयन गर्नेछ।