माघ १९ गते २०८१

दोस्रो सुर्यतारा ( नेकोस) कप फुटबल प्रतियोगिता हुने। बिजेता लाई ४ लाख भन्दा बढी नगद पुरस्कार ।

लेखनाथ । समृद्ध समाज, हाम्रो परिकल्पना भन्ने मुख्य उद्देश्य लिएर स्थापना भएको गण्डकी प्रदेश स्तरीय क्लब सुर्यतारा क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा खेल महोत्सव २०८१ हुने भएको छ। खेल पोखरा २९ भन्डारढिकमा रहेको प्रस्तावित रंगशालामा आगामी फाल्गुण २४ गते देखि चैत्र २ गते सम्म हुने आयोजकले गण्डकी सन्देश लाई जानकारी दिएका हुन ।

खेल महोत्सवमा सबैको आकर्षण रहेको खेल फुटबल प्रतियोगिता हुनेछ । साबिक लेखनाथ क्षेत्रमा हुनेगरेका प्रतियोगिता मध्यको सबैभन्दा बढी नगद पुरस्कार रहेको खेलमा बिजेताले रु ४ लाख ४ हजार ४ सय ४४ रुपैया र उपबिजेताले रु २ लाख २ हजार २ सय २२ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै उत्कृष्ट खेलाडीले १५ हजार र उच्च स्कोरर ले रु१० हजार हात पार्नेछन । गत बर्षको फुटबल प्रतियोगितामा एल सि ब्रदर्स लामाचौर बिजेता बनेको थियो। गत बर्ष प्रथम पुरस्कार रु ३ लाख ३३ हजार ३३ रुपैया रहेको थियो। त्यस्तै उपबिजेता आदर्श युवा क्लब भन्डारढिकले १ लाख ७७ हजार ७७ रुपैया प्राप्त गर्‍यो । गत बर्षको भन्दा अहिले हुने फुटबल प्रतियोगितामा रास्ट्रीय र अन्तर्राष्ट्रिय क्लब साथै खेलाडिको सहभागिता हुने आयोजकले बताएको छ। पुरस्कार समेत यो बर्ष दोब्बरले वृद्धि गरिएको छ। गत बर्षको दर्सक हरुको उपस्थितिलाई हेर्दा यो बर्ष झनै खेल महोत्सव भब्य हुने आयोजकको ठम्याइ छ।