रुपा बाङ्मय प्रतिस्ठानको प्रथम अधिबेशन सम्पन्न। अध्यक्षमा आदर्श पोख्रेल ।
गण्डकी सन्देश सम्वाददाता
रुपा गाउँपालिकामा साहित्य, कला तथा संस्कृतिको सम्बर्धन र प्रवर्धनको लागि स्थापित रूपा वाङ्मय प्रतिष्ठानले आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमले गितकार आदर्श पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको हो। जसमा उपाध्यक्ष चित्रकार जित ब. थापा, सचिवमा मदन घिमिरे, सह सचिवमा सुजन गौतम र कोषाध्यक्षमा बिना ढुङ्गाना चयन भएका छन् । त्यस्तैगरी सदस्यहरूमा पार्थराज सुवेदी, बिबेक अधिकारी, महेश्वर घिमिरे, माधव सुवेदी, शर्मिला बसौला र विश्वाश बि क चयन भएका छन् ।
उक्त कार्यक्रममा बोल्दै रूपा गाउँपालिका वडा नं ३ र ७ का वडाध्यक्ष क्रमश : दिपेन्द्र गौतम र कृष्ण सुवेदी ले संस्थाको समग्र बिकासमा सक्दो सहयोग गर्ने प्रतिवद्दता जाहेर गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै रूपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले यस संस्थाले समग्र रूपाको सामाजिक सांस्कृतिक बिकासमा सहयोग हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको तदर्थ समिती संयोजक आदर्श पोखरेलको सभापतित्त्वमा भएको खुला सत्रको कार्यक्रम सन्चालन सचिव मदन घिमिरेले गर्नुभएको थियो भने चन्द्रमणी पौडेल, नवराज बराल,शिबराज सुवेदी , बिमल बाबु न्यौपाने लगायतले शुभकामना शुभेच्छा प्रदान गरेका थिए । त्यस्तैगरी निर्वाचन मण्डलको संयोजकमा तीर्थ राज लामिछने र सदस्यमा हरि ब. लामिछाने र मोहम्मद मोहसिन मिया रहेका थिए ।
पोखरा महानगरपालीका १४ बिसाल नगरमा रहेको बिसालनगर टोल बिकास संस्थाको सातौ बार्षिक साधारण सभा तथा चौथो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले आगामी दुई बर्षे कार्याकालको लागी तिलक प्रसाद...
Read More
पोखरा महानगर पालिका १ सिम्पानीमा अवस्थित करूणानिधि एजुकेसन फाउन्डेसन (केफ) ले आफ्नो २९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलको...
Read More
सन्तोष तिमिल्सिना । नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च , स्पेन र गैर आवासीय नेपाली संघ...
Read More
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै बदमासी नगरेको प्रष्टीकरण दिएका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाललाई पनि अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे...
Read More