सामाजिक कार्यमा सल्युट गोर्खा , ३१ युनिट रगत संकलन ।
गण्डकी सन्देश सम्वाददाता
लेखनाथ , आधुनिक सुबिधा सम्पन्न पाेखराकाे चाउथेमा प्रधान कार्यालय रहेकाे सल्युट गाेर्खा ट्रेनिङ सेन्टरले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएकाे छ । बिगत लामो समयदेखी पोखरामा संचालित सल्युट गोर्खा ट्रेनिङ सेन्टरले आफ्नो छुट्टै नाम बनाउन सफल भएको छ । सामाजिक सहित अन्य गतिबिधिमा पनि यो सस्था निक्कै अगाडि छ। लाहुरे मात्र हैन हामी करिअर बनाउनको लागि अग्रसर छौ , लाहुरे बनेकाले स्वत जीवन बनाउछन तर लाहुरे नहुने हरुको लागि पनि बैकल्पिक उपायहरू बनाएर जीवन सुधार्ने कुरा नै प्राथमिकतामा रहने कुरा सन्चालक राहुल पान्डेले अबगत गराए।
सल्युट गाेर्खाले आफ्नाे १६ ओैं वार्षिकाेत्सव तथा १७ ओैं स्थापना दिवसकाे अवसरमा साेमबार रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे । रक्तदान कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र कास्कीले प्राविधिक सहयाेग गरेकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि भूपु सैनिक तथा प्रहरी संगठन गण्डकी प्रदेशका अध्यक्ष सत्यराज सापकाेटाले सल्युट गाेर्खाले लाहुरे भर्तिका लागि गरिरहेकाे कार्यकाे प्रशंसा गर्दै आफू भर्ति भएकाे समयकाे अनुभव सेयर गरेका थिए ।
उनले गण्डकी प्रदेशका ११ जिल्लाका लाहुरेका छाेराहरुलाई ट्रेनिङ गर्ने वातावरण बनाउन सल्युट गाेर्खालाई अनुराेध गरे ।
अध्यक्ष सापकाेटाले रक्तदान अमुल्य सेवा तथा धर्म भएको बताउँदै प्रत्येक स्वस्थ व्यक्तिले स्वस्फुर्त रुपमा रक्तदान गर्न सुझाए ।
कार्यक्रममा सामाजिक अभियान्ता सुस्मा पाैडेल, लायन्स क्लव अफ पाेखराका अध्यक्ष कृष्ण जिसी,सल्युट गाेर्खाका प्रशिक्षक शिवराज सुवेदी, संस्थाका चिफ इन्स्टेक्टर कृष्णबहादुर आले, युआरएलका प्रवन्ध निर्देशक गणेश प्रसाद काेइराला लगायतले सामाजिक कार्यक्रममा सकृय रहेकाे सल्युट गाेर्खा सल्युट गर्न लायक संस्था भन्दै प्रशंसा गरे ।
सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रा. लि. ले अन्तराष्ट्रिय स्तरको आफ्नै तालिम मैदान सहित सुविधा सम्पन्न छात्रावासको व्यवस्था गरेको छ भने सम्पूर्ण तालिम, तयारी कक्षा तथा छात्रवास आफ्नै क्याम्पभित्र सञ्चालन गर्दछ ।
सल्युट गाेर्खाका सञ्चालक राहुल पाण्डेले देशकै नमुना भर्ति तालिम केन्द्रका रुपमा विस्तार एवं व्यवस्थापन भईरहेको तालिम केन्द्रले गोर्खा भर्तिको मौका पारेर केहि व्यक्ति तथा तालिम केन्द्रहरुले गर्ने आर्थिक चलखेल, लेनदेन र दिईने झुटा आश्वासन विरुद्ध निरन्तर आवाज उठाउँदै आएको बताए ।
सन्तोष तिमिल्सिना । नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च , स्पेन र गैर आवासीय नेपाली संघ...
Read More
नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि...
Read More
खाना खाँदा होस् या खाजा प्राय: नेपालीलाई चाहिने चिज हो– अचार । यही अचार अहिले नेपालमा विदेशबाट आउने गरेको छ । अर्थात् अचारमा पनि नेपाल आत्मनिर्भर बन्न सकेको छैन...
Read More
प्रमोद अधिकारी, लमजुङभदौ ९, मंगलबार लमजुङका बिभिन्न स्थानका पहिरो पीडितलाई लमजुङ–अमेरिका सेवा समाजले नगद रु. ८ लाख सहयोग गरेको छ । पहिरोबाट घर पूर्ण रुपमा भत्किएर घरबार विहिन भएका...
Read More