रुपा ५को देउराली स्वास्थ्य चौकीले सुरु गर्यो HPV खोप कार्यक्रम , किशोरीहरुको उल्लेख्य सहभागिता ।
गण्डकी सन्देश सम्वाददाता
देउराली स्वस्थ्य चौकी रुपा ५ ले देसब्यापी रुपमा सन्चालन भैरहेको HPV खोप अभियान सन्चालन गरेको छ ।
गन्डकी प्रदेश स्थापना दिवसको दिन गन्डकी प्रदेसले सार्बजनिक बिदा दिए पनि खोप अभियान सन्चालन भएको स्वास्थ्य चौकी प्रमुख गिता देबकोटाले जानकारी गराएकी हुन ।बिधालयमा कक्षा १० को टेस्ट परिक्षा सन्चालन हुँदै गर्दा रुपा ५ मा रहेको बिश्वशान्ती मा बिको प्राङ्गणमा खोप सन्चालन भएको थियो। किशोरी हरुलाइ भबिश्यमा पाठेघरको क्यान्सर हुन बाट जोगाउन खोपले ठूलो भुमिका खेल्ने चिकित्सकहरुले बताएका छन । हाल बिधालय जाने ६ देखि १० कक्षामा अध्यायनरत र नजानेको हकमा १० देखि १४ बर्षका किशोरी हरुलाइ खोप लगाउने सरकारको निर्णय अनुसार नै खोप सन्चालन भएको हो। खोप कार्यक्रममा बिधालयका प्र अ बुद्धी सागर अधिकारी , बि ब्यबस्थापन समितिका अध्यक्ष आनन्द लाल जोशी लगाएतको उपस्थिति रहेको थियो।
खोप अभियानमा बिधालय स्वस्थ्य फोकल पर्सन मन्जु गुरुङ , अहेब सोनिया श्रेष्ठ , सि . अहेब अमृत तिवारी लगाएको टिम खटेको थियो। साथै खोप कार्यक्रम पुर्ण नभएकोले भोलि माघ २३ गते देउराली स्वास्थ्य चौकीमा नै खोप सन्चालन हुने हुदा खोप लगाउन बाकी रहेका किशोरीहरुलाइ उपस्थितिको लागि आग्रह समेत गरिएको छ।
पोखरा, मंसिर ९ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य देब प्रसाद गुरुङ्गले नेपालमा कम्युनिष्ट सरकार स्थापनाको दुई बर्षमै आर्थिक बृद्धिदर ईतिहासकै उच्च बिन्दूमा रहेको बताउनु भएको छ ।...
Read More
विवादित धर्मगुरु विजय कृष्णमूर्ति उर्फ विजय भण्डारीलाई पोखराका वडाध्यक्षले धम्की नदिन चेतावनी दिएका छन् । पत्रकार सम्मेलन गरेर ‘धर्मका लागि अधर्म गर्न पनि तयार रहेको’ प्रतिक्रिया दिएका कृष्णमूर्तिलाई पोखरा...
Read More
काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँबाट बस त्रिशुली नदीमा खस्दा अहिलेसम्म...
Read More
स्थानीयले अवरोध गरेर रोकिएको पोखरा महानगरपालिकाको फोहोर भोलि मंगलबारदेखि उठ्ने भएको छ । संकलन गरिएको फोहोर पोखरा ३२ लामेआहालमै लगेर व्यवस्थापन गरिने भएको छ । जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत...
Read More