ग्रामीण सडक नै बाढी पहिरोको कारक बन्ने खतरा ! के स्थानिय सरकार सचेत छन?
गण्डकी सन्देश सम्वाददाता
शिबराज सुवेदी । लेखनाथ ,मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोका मुख्य कारण भएको भूगर्भविद्हरूले बताउने गरेका छन।
भारी वर्षाका कारण प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल,पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत भएको पाइएको छ ।
मनसुनको समयमा विगतका वर्षहरूमा भन्दा यस वर्ष बढी जनधनको क्षति पुग्न सक्ने आकलन गरिएको छ। पुरै हिउदमा पानी नपरेको कारण बर्षातको समयमा अतिबृस्टी हुन सक्ने र जिउधनको नोक्सान पुग्ने हुन सक्दछ। ग्रामीण सडक बनाउदा बाटो भन्दा तल माटो थुपारिनु र बस्ती हुनु नै ठूलो जोखिम हुन सक्ने कुरा भूगर्भविद्हरूले बताएका छन् । ‘बिना इन्जिनियरिङ निर्माण गरिएका ग्रामीण सडक भएका स्थानबाट नै पहिरो गएको हामीले पाएका छौं,’ भूगर्भविद् डा. सुबोध ढकालले भने , हामीले विगतदेखि नै बिनाअध्ययन खनिएका सडकले नै जोखिम निम्त्याउने विषयमा आवाज उठाउँदै आए पनि कुनै सुनुवाइ भएको छैन ।’ ढकालले थपे।
पटक पटक सरकारलाई सुझाव दिँदासमेत स्थानीय सरकारहरूले जथाभावी सडक निर्माण गरेकाले ठुला विपत्ति उत्पन्न भैरहेको उनी बताउँछन् । विपद्को पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी हुन नसक्दा जनधनको ठूलो नोक्सानी हुने गरेको विपद बिज्ञहरू बताउँछन् । नेपालमा प्रतिवर्ष विभिन्न विपद्हरूबाट सरदर औसतमा एक हजार जनाको ज्यान जाने गरेको छ । जसमध्ये वार्षिक ३ सय जनाको मृत्यु बाढीपहिरोका कारण मात्रै हुने गरेको छ ।
सकृय मनसुनको समयमा १४० मिलिमिटर वर्षा हुँदा पहिरो जाने सम्भावना हुन्छ, उनले गन्डकी संदेश संग भने। सक्रिय मनसुन भएमा पहिरोको जोखिम बढी हुने गरेको छ । भौगर्भिक बनोट पनि कमजोर हुनु र सडक निर्माण गर्दा जोखिम मापन नगरिनु नै समस्याका रूपमा रहेको छ । मनसुन बढेसँगै पहिरो बढ्नेछ ।
उनले ग्रामीण सडक प्रदेश र स्थानीय सरकारले निर्माण गरेकाले त्यस्ता सडक नै बढी जोखिममा रहेको बताए । उनले सबैभन्दा बढी जोखिम ग्रामिण सडकले नै निम्त्याउने बताए । अहिले मादी , अन्नपूर्ण , माछापुच्छ्रे , पोखरा र रुपा गा पा मा धेरै सडकहरु बन्दै छन । सडक बन्दै गर्दा भिरालो जमिन लाई ब्यबस्थित नगर्ने हो भने ठूलो नोक्सान ब्यहोर्नु पर्ने हुन सक्दछ । बेलैमा बिकास संगै बिनासको अबस्था लाई स्थानिय सरकारले होसियारी अपनाउनु पर्ने देखिन्छ ।
पोखरा । अमेरिकाले डाइभर्सिटी भिसा २०२६ का लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि कार्त्तिक २० गतेसम्म समयावधि तोकिएकोमा दुई दिन थप गरेर कार्त्तिक २२...
Read More
भारतिय सैनिक ६/८ जि आर गोर्खा राईफल्सको ७४औं स्थापना दिवस तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखारमा आयोजित एक बिषेश कार्यक्रमका बिच आफ्नो स्थापना दिवस मनाएको हो...
Read More
सन्तोष तिमिल्सिना दोहा कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना”भन्ने मुल नाराका साथ सन्: २००२ जुलाई २६ मा स्थापना भएको सस्था कास्की आदर्श समाज कतार ले १९ औ...
Read More
पोखरा–मुग्लिन राजमार्ग सुधार चरण–१ योजना अन्तरगत पोखरा महानगरपालिका वडा नं.९ र १० जोड्ने सेती नदी पुलको शिलान्यास गरिएको छ । पुलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश...
Read More