सुर्यतारा ( नेकोस) खेल महोत्सव सम्पन्न गर्नको लागि मुल समारोह समितिको बैठक सम्पन्न ।
गण्डकी सन्देश सम्वाददाता
सुर्य तारा ( नेकोस) खेल महोत्सव सम्पन्न गर्नको लागि मुल समारोह समितिको बैठक सम्पन्न भएको छ। खेल महोत्सव सम्पन्न गर्नको लागि विभिन्न उप समिती हरु समेत गठन गरिएको छ।
खेल महोत्सव यहि फाल्गुण २४ देखि चैत्र २ गते सम्म पोखरा २९ मा रहेको भन्डारढिक खेल मैदानमा सन्चालन हुँदै छ । दर्जनौ खेल समाबेस गरिएको खेल महोत्सवमा सर्बाधिक रासीको पुरस्कार फुटबल प्रतियोगितामा रहेको छ। प्रथम पुरस्कार ४ लाख ४ हजार ४ सय ४४ रुपैया सहित प्रमाणपत्र र मेडल रहेको छ। फुटबल खेल सम्पन्न गर्नको लागि सबै पुरस्कार , प्रमाणपत्र र मेडल गरि झन्डै ७ लाख रुपैया खर्च हुनेछ। मुल समारोह समितिको बैठकमा समितिको अध्यक्ष तथा सुर्यतारा क्लब गन्डकीका अध्यक्ष , नेकोस केन्द्रिय सचिब बिष्णु पुनले जानकारी गराए। कार्यक्रम सम्पन्न गर्नको लागि ८५ लाख रुपैया लाग्ने समेत अवगत गराए। जुन खर्च पुरस्कार र ब्यबस्थापनमा मात्र हुने बैठकमा बताए।
पहिलो खेल महोत्सव बाट नै उत्साहित बनेको सुर्यतारा क्लब र नेकोसले पुन दोस्रो खेल महोत्सव गर्न लागेको हो। खेलको अभियान बाट नै साबिक लेखनाथको परिचय लाई पर्याय बनाउदै आएको कुरा क्लबका अध्यक्ष तथा नेकोस सचिब बिष्णु पुनले सुझाय।उप समिती र मुल समारोह समितीका सम्पुर्ण संयोजक र सदस्यहरुलाइ आ आफ्नो कर्तब्य निभाउन निर्देशन समेत दिएका थिए ।
रुपा गाउँपालिकामा साहित्य, कला तथा संस्कृतिको सम्बर्धन र प्रवर्धनको लागि स्थापित रूपा वाङ्मय प्रतिष्ठानले आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ । उक्त कार्यक्रमले गितकार आदर्श पोखरेलको अध्यक्षतामा ११ सदस्यीय...
Read More
काठमाडौं : संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशको पाँच विद्यार्थी संगठनले स्वागत गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू समाजवादी, विद्यार्थी...
Read More
भ्रष्टाचार बिरुद्ध राष्ट्रिय संर्घष समितिको गण्डकी प्रदेशको ईन्चार्जमा बिबेक भुजेल चयन भएका छन । एकिकृत समाजबादी पार्टीले देशभर सञ्चालन गर्न लागेको भ्रष्ट्रचार बिरुद्ध आवाज उठाउने गरि अभियान सञ्चालन गर्न...
Read More
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल को आयोजना साथै माछापुच्छ्रे गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा आयोजित११३ औ अन्तरास्ट्रीय नारी दिवसको अवसरमा महिलाहरुको सीप तथा क्षमता अभिबृर्द्धी...
Read More