फागुन १० गते २०८१
डाक्टर सुर्य देवकाेटा को नेतृत्व मा पोखरामा पहिलोपटक डबल च्याम्वर पेसमेकर सल्यक्रिया सम्पन्न
मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यकृया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगंज अन्तरर्गतको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सृर्य देवकोटा नेतृत्वको टोलीले पोखरा महानगरपालिका वडा नम्बर ८ नागढुङा स्थित चरक मेमोरियल हस्पिटललमा सो शल्यकृया सफलतापुर्वक सम्पन्न गरेको हो ।
देवकोटा नेतृत्वको चिकित्सक टोलीमा चरक मेमोरियलका डा एस के जैसवाल, नर्स र प्राविधिक गरि सात जना शल्यकृयाका लागि खटिएका थिए ।
पोखरा महानगरपालिका २५ हेम्जा स्थित घर भएका ६३ वर्षका एक पुरुषको सफल शल्यकृया गरिएको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए । उनका अनुसार मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यकृया गरिएको सम्भवत गण्डकी प्रदेशमै यो पहिलो रहेको उनले बताए ।
उकालो हिड्न गाहे हुने, रिगटा लाग्ने, स्वास फेर्न अप्ठयरो जस्तो समस्या भएपछि त्रिपाठीलाई उपचारका लागि परिवारले हस्पिटल पुरयाएका थिए । त्यसपछि उनको स्वास्थ्य परिक्षण गर्दा मुटुको प्लस जम्मा ३०/३५ मात्र सगै अन्य समस्या देखिएपछि आवश्यक परीक्षण गर्दा मुटुको भल्भमा समस्या देखिएको डा जैसवालले जानकारी दिए । लगतै बिरामीको समस्याका बारेमा डा. देवकोटालाई जानकारी गराएपछि उनी पोखरा आएर मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यकृया सम्पन्न गरेको डा जैसवालले जानकारी दिए ।
मुटुको समस्या लिएर आउने बिरामीहरुलाई सम्भव भएसम्म हस्पिटलमा कार्यरत आफु सहितको चिकित्सक टोलीले समस्या समाधान गर्ने गरेको र जटिल समस्या भएका बिरामीहरुको लागि काठमाण्डौमा डा. देवकोटा लगायतका चिकित्सकलाई सम्पर्क गरि आवश्यक उपचार गदै आएको जानकारी दिए । मुटुको उपचारको सबै सेवा हस्पिटलबाटै आफुहरुले प्रदान गदै आएको समेत उनले जानकारी दिए ।
उपचार पछि त्रिपाठीले पोखरामै समयमा सगै सफल उपचार गर्न पाउदा थप समस्या हुन नपाएको बताए । पोखरामै यो सेवा पाएपछि बाहिर किन जानु भन्दै प्रश्न गरेका उनले उपचारमा खटिएका चिकित्सक सहितको टोलीलाई धन्यबाद दिए ।
बिरामी त्रिपाठीका छोरा अग्रीम त्रिपाठीले हस्पिटल ल्याउनु अघि बुबाको अबस्था एकदम नाजुक रहेको बताए । मुटुको प्लस जम्मा ३०/३५ मात्र रहेको थियो, यस्तो अवस्थामा एयर लिफट गरेर काठमाण्डौ लैजान पनि सम्भव थिएन । चरक ल्याएपछि कार्यरत चिकित्सकले विशेषज्ञ चिकित्सक देवकोटा संग समस्याका बारेमा छलफल एंव जानकारी दिने काम भएपछि डा.देवकोटा पोखरा आएर उपचार सुरु सगै सफल शल्यकृया भएको बताए । हाल बुबाको अवस्था एकदम ठिक छ, हामीले कल्पना गरेको भन्दा चाडो बुबाको स्वास्थ्यमा सुधार भएको उनले सुनाए ।
अन्नपूर्ण गाउँ पालिका लुम्ले जन्मघर भएका डा देवकोटाले पोखरामा नै सेवा दिन पाउँदा खुशी व्यक्त गरेका छन् । प्रत्येक महिनामा १ दिन शनिबार को दिन पारेर पोखरामा एन्जियोग्राफी र एन्जियोप्लास्टी गर्नुपर्ने बिरामी लाइ बिगत २ बर्ष देखि सेवा गर्दै आइरहेको समेत जानकारी अस्पतालले दिएको छ ।