फागुन २९ गते २०८१
लागुऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद, दुई लाख जरिवाना
काठमाडौं- नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’लाई लागूऔषध कारोबारसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय तोकिएको छ ।
जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले बिहीबार उनलाई एक वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको हो। यसअघि २१ फागुनमा अदालतले गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको थियो ।
फागुन २१ मा दोषी ठहर गुप्तालाई एक वर्ष कैद र २ लाख जरिवानासहित ‘क्षतिपूर्ति शुल्क पीडित राहत कोष’ मा ८ हजार रुपैयाँ जरिवाना दाखिला गर्नुपर्ने फैसला पनि भएको छ ।
गुप्तासँगै लागुऔषध मुद्दामा कसुरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई पनि दुई वर्ष कैद र चार लाख रुपैयाँ जरिवानाको फैसला आएको छ ।
जिल्ला प्रहरी कार्यालयले २०७९ असोजमा ९०/९० थान डाइजेपाम, नुर्फिन र फेनार्गन लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो ।
गुप्ताले २०७९ वैशामा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए । अध्यक्षमा विजयी माओवादीका गुप्ताले ४ हजार ३ सय ५१ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रसका उम्मेदवार राजेन्द्र साहनीको पक्षमा ३ हजार ८ सय ६५ मत परेको थियो ।