काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भएको छ । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गरेको हो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । “एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उनले भने, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।” त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले आजै सिमरा माथिको आकाशमा होल्ड भइ चार फन्को मारेपछि भर्खरै काठमाडौँमा अवतरण भएको फ्लाइट राडर्डले जनाएको छ । सँगै बैङ्ककबाट आएको थाइ लाइन एयरको जहाज पनि केहीबेरदेखि होल्डमा परेको थियो । यसअघि बुधबार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको जहाज केही समय होल्ड भएपछि अवतरण भयो । कतारको दोहाबाट आएको कतार एयरवेज र भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुबईबाट आएको फ्लाई दुबईको जहाज पनि होल्ड भएका थिए । त्यतिमात्रै हैन भैरहवाबाट आएको फ्लाइ दुबई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिबिलिटीका कारण होल्डमा परेका थिए । प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको उडान सामान्य प्रभावित भइरहेको छ । प्रतिकुल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ ।
पोखरा, साउन १४,माधब पनेरु । एक्कासी आएको बिनासकारी बाढीका कारण क्षति पुगेको लमजुङ्गको दोर्दी गाऊपालिकामा रहेको लिबट्री हाईड्रो र सुपर दोर्दि हाईड्रोको अबलोकनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग सहितको टोलि...
Read More
सन्तोष तिमल्सिना दोहा कास्की आदर्श समाज कतारकोआठौं अधिबेशन यहि मिति २०२२ जून २४ तारिक शुक्रबारको दिन दोहा कतार को सल्वा रोड स्थित सफारी हाइपर मार्केट नजिकै रहेको कराचि रेस्टुरेन्टमा...
Read More
सन्तोष तिमिल्सिना बिश्व भरि छरिएका कस्केली खोजी अभियान समृद्ध जन्म थलो हाम्रो स्वाभिमान भन्ने मुल मन्त्र भन्ने मुख्य नाराको अभियानका साथमा विश्वका हरेक कुना काप्चामा आफ्नो तथा सन्ततिको भविष्यका...
Read More
नेकपा(एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गर्दे लगेको छ ।यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले आफ्नो संगठनलाई पुनर्गठन गरेको छ। प्रवासी नेपाली एकता मञ्च...
Read More