काठमाडौं । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
गत साता बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । जस अनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको छ ।
१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक ७० लाख टन धानको माग छ । त्यसमध्ये ५४ लाख टन हाराहारी मात्र नेपालमा उत्पादन हुन्छ । बाँकी आयात गर्नुपर्ने अवस्था छ ।कृषि मन्त्रालयका अनुसार नेपालमा चैते धानको उत्पादन क्षमता असारे धानको तुलनामा धेरै छ । तर, सिँचाइ अभावले चैते धान उत्पादन धेरै क्षेत्रफलमा विस्तार हुन सकेको छैन । असारे र चैते गरी नेपालमा साढे १४ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
पोखरा महानगर पालिका १ सिम्पानीमा अवस्थित करूणानिधि एजुकेसन फाउन्डेसन (केफ) ले आफ्नो २९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलको...
Read More
पोखरा । नेकपा एमालेले, गण्डकी प्रदेश सरकारले ठूला योजनामा बजेट कटौती गरेर खुद्रा योजनामा वितरण गरेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रममा...
Read More
पोखरा महानगर पालिका ले संचालन गरेको गण्डकी बहु प्राबिधिक शिक्षालयले एच. ए. र फार्मेसी बिषयको अध्ययन अध्यापनको अनुमति पाएको छ । लामो समयको प्रयत्न पछि अनुमति प्राप्त भएको मेयर...
Read More
पोखरा महानगरपालिका वडा नं.१६, १९ र नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पताल बिच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । वडा कार्यालयको आमा...
Read More