चैत्र १५ गते २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रियामा सरकार ।

पोखरा ।सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ ।

उच्च सरकारी स्रोतका अनुसार शुक्रबारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानबिन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।

सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तो अवस्थामा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको छ । राजाबादिको आन्दोलनले एभिन्युजका फोटो पत्रकारको समेत ज्यान गएको छ। राजधानीमा आज सुरक्षा निकै कडा पारीएको छ।