पोखरामा एमालेको शक्ति प्रदर्शन , गणतन्त्र बिरोधि लाई चुनौती ।
गण्डकी सन्देश सम्वाददाता
पोखरा , शिबराज सुवेदी ।नेकपा एमाले कास्की जिल्ला कमिटीको आयोजनामा बृहत् मोटरसाइकल र्याली सम्पन्न भएको छ । पछिल्लो राजनिती घट्नाक्रमले गणतन्त्र लाई नै कमजोर आकलन गरेको समयमा एमाले कास्कीले र्याली सम्पन्न गरेको हो । पुर्बपन्च , राप्रपा , दुर्गा प्रसाईं जस्ता राजा वादीको हवला दिने मन्डले हरुको विरुद्ध सुरुवाती को लागि खबरदारी स्वरुपको शक्ति प्रदर्सन रहेको कुरा एमाले कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्रीले गण्डकी संदेश लाई जानकारी गराए ।गणतन्त्र , लोकतन्त्र विरुद्ध जाने पुर्ब राजा ज्ञानेन्द्र वा अन्य जो कोहिलाइ पनि एमालेले तिरस्कार गर्ने र काठमाडौ तिनकुनेमा भएको जघन्य अपराधको जिम्मा पनि राजाबादी आन्दोलनका नाइकेहरुले नै लिनुपर्ने बक्ताहरुले जिकिर गरे।
पोखराको प्रदर्शनीकेन्द्र बाट सुरु भएको र्याली पृथ्वीचोक , बिरौटा , रास्ट्रबैंक चोक , हल्लन चोक , बगर , महेन्द्रपुल हुँदै अमरसिंह चोकमा पुगि कोणसभामा परिणत भएको थियो। र्याली झन्डै ५ किलोमिटर लामो रहेको र मादी , अन्नपूर्ण , माछापुच्छ्रे र रुपा गाउपालिका समेत बाट पार्टीका जनबर्गिय संगठनहरुको उल्लेख्य सहभागिता रहेको थियो। राजावादिको कृयाकलाप अनुसार पार्टीले रणनीति तयार गर्ने युवा नेता बिष्णु पुनले जानकारी गराए ।
जनकपुरधाम । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।...
Read More
एजेन्सी– बैंस छ, उमेर छ अनि रुप पनि छ तर, विडम्बना शहर भरी चहार्दा पनि विहेका लागि केटा नै पाइँदैन । यो समस्या ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरुको हो...
Read More
कास्की ‘आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको सस्था कास्की आदर्श समाज कतारको मिति-२०२३ जनवरी २७ तारिक शुक्रबार सनैया स्थित...
Read More
स्थानीयले अवरोध गरेर रोकिएको पोखरा महानगरपालिकाको फोहोर भोलि मंगलबारदेखि उठ्ने भएको छ । संकलन गरिएको फोहोर पोखरा ३२ लामेआहालमै लगेर व्यवस्थापन गरिने भएको छ । जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत...
Read More