नागरिक परोपकार समन्वय सस्था कास्कीको आयोजनामा आगलागी नियन्त्रण सम्बन्धि प्रशिक्षण सम्पन्न।
गण्डकी सन्देश सम्वाददाता
लेखनाथ , शिबराज सुवेदी ।नागरिक परोपकार समन्वय संस्था कास्कीले नजिकिदै गरेको नयाँ बर्ष २०८२ को पावन अवसरमा आगोलागी , डढेलो सचेतना प्रशिक्षण , शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख अतिथि गन्डकी प्रदेश नि. मुख्यमन्त्री मा. खगराज अधिकारी , बिशिस्ट अतिथि गन्डकी प्रदेश पुर्व सासद दिपक कोइराला र कालिका गण कास्की मालेपाटनका स.प्र.उ. सुर्य प्रसाद तिमिल्सिना रहेका थिए पोखरा-३० का वडा अध्यक्ष तथा यसै संस्थाका सरक्षक दुर्गा प्रसाद सुवेदी , सस्थापक अध्यक्ष राजेन्द्र ओझा , सस्थापक संरक्षक श्रीराम पोख्रेल , एमाले गण्डकी प्रदेस सचिवालय सदस्य टिकाराम पगेनी , सल्लाहकार बाबुराम गिरि , सारदा बास्तोला , निबर्तमान अध्यक्ष चिरञ्जीवी तिवारी लगाएतको उपस्थित रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथी मा. खगराज अधिकारीले आफू पनि यो सस्थाको आजिबन सदस्य बन्न चाहेको भन्दै रु १३१०० सस्थाका अध्यक्ष लाई बुझाएर आजिबन सदस्य बनेका थिए । साथै आगामी दिनमा सस्थाको आर्थिक र भौतिक बिकासमा आफुले सहयोग गर्ने बताए । अर्का विशिष्ट अतिथी पुर्ब गन्डकी प्रदेस सभा सदस्य दिपक कोइरालाले आफुले भबन बनाउनको लागि आर्थिक सहयोग गरेको र आगामी दिनहरुमा समेत सस्थाको हितमा काम गर्ने वचन दिए। आगलागी सचेतना र आगो लागि हालेमा अपनाउनु पर्ने कुराहरुको ज्ञान दिदै शसस्त्र प्रहरी बल मालेपाटनका प्रमुख स. प्र .उ ले परोपकारी सस्थाको लागि सधै हातेमालो गर्ने उल्लेख गरे। वडा न ३० का अध्यक्ष तथा नागरिक परोपकार समन्वय संस्थाका संरक्षक दुर्गा प्रसाद सुबेदीले सस्थालाइ चलाएमान बनाउन आफू सधै सकारात्मक रहेको बताए । कार्यक्रममा शसस्त्र प्रहरी बल मालेपाटन बाट आएको टोलिले अग्नि नियन्त्रण सम्बन्धि प्रशिक्षण दिएका थिए । कार्यक्रममा मिडिया उप समितिका सदस्य ऋषि राम रानाभाट , इलाका प्रहरी कार्यालय डाडाको नाकका प्रमुख श्रबण कुमार बि क , आमा समूह , टोलबिकास लगाएत बाट उल्लेख्य रुपमा सहभागीता रहेको थियो। सस्थाका अध्यक्ष देबराज पन्थिको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद सहित समापन नि. अध्यक्ष चिरञ्जीवी तिवारीले गरेका थिए । कार्यक्रमको सन्चालन सस्थाका सचिब शिबराज सुबेदीले गरेका थिए । कार्यक्रम पोखरा ३० वडा कार्यलय परिसरमा रहेको मैत्री हलमा भएको थियो।
प्रमोद अधिाकारी, लमजुङ बिहीबार, भदौ ११ लमजुङ जिल्लाको क्व्होलासोथर गाउँपालिकामा कार्यरत एक कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टी भएपछी गाउँपालिका सिल गरिको छ । उक्त संक्रमित व्यक्ति २६ वर्षीय पुरुष...
Read More
पोखरा , शिबराज सुवेदी । समृद्ध समाज, हाम्रो परिकल्पना भन्ने मुख्य उद्देश्य लिएर स्थापना भएको गण्डकी प्रदेश स्तरीय क्लब सुर्यतारा क्लबको आयोजनामा खेल महोत्सव २०८१ हुने भएको छ। खेल...
Read More
पोखरा, जेठ १ । कास्कीको भरतपोखरीमा बिहानै प्रहरीले एक सिक्सर नियन्त्रणमा लिएको छ । लकडाउनमा प्रयोग गर्ने अनुमति पाएको रेडिमिक्सरले टनेल भित्र मान्छे ओसारेको भेटिएपछि नियन्त्रणमा लिएको हो ।...
Read More
सन्तोष तिमिल्सिना काठमाडौ “कास्की आदर्शको चाहना सब्य र सम्बृद समाजको स्थापना ” भने मूल नाराका साथ सन् २००२ मा स्थापना भयको कास्की आदर्श समाज कतारले फरक क्षमता भयका बिद्यार्थीको...
Read More