चैत्र ३० गते २०८१

सुर्यतारा क्लब गण्डकी प्रदेसको शुभकामना आदानप्रदान कार्यक्रम।युवा र अग्रजको मिश्रणले नै परिबर्तन सम्भब छ- अध्यक्ष पुन।

सुर्य तारा क्लब गण्डकी प्रदेस पोखराले आउदै गरेको नवबर्ष २०८२ को अबसरमा शुभकामना आदान प्रदान  तथा क्लबको क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।

       क्लबका अध्यक्ष बिष्णु पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। समाजलाइ सभ्य बनाउन , युवालाइ सामाजिक कार्यमा जोड्नको लागि अर्को बर्ष खेल महोत्सवको साथमा अन्य सामाजिक कार्यक्रम गरिने बताए । अब युवा र अग्रजको मिश्रणलाई वास्था नगर्ने हो भने नेतृत्व गर्नेहरुको साख गिर्ने बताए ।लगातार २ बर्षको खेल महोत्सवले साबिक लेखनाथको साख बढाएको अबगत गराए । कार्यक्रमका प्रमुख अतिथि रुपा गा पा अध्यक्ष नवराज ओझाले क्लब लाई आगामी बजेट बाट आफुले सक्दो आर्थिक सहयोग गर्ने वचन दिए। बिशिस्ट अतिथि पोखरा २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले क्लबलाइ नियमित रुपमा सहयोग गरेको र आगामी बजेटमा अझै आर्थिक सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरे। सल्लाहकार टिकाराम पगेनीले भाचीएका मनहरुलाइ जोड्ने पुल नै क्लब बनेको र आफू जहाँ रहदा पनि सक्दो सहयोग गर्ने बताए ।सल्लाहकार शिव अधिकारीले क्लबको उचाइको लागि आफू लागिरहने बताए । सस्थाका उपाध्यक्ष कृष्ण  प्रसाद अधिकारी , नागरिक परोपकार समन्वय संस्था  कास्कीका सचिब शिबराज सुवेदी  लगाएतले शुभकामना दिदै सस्थाले गरेका कार्य हरुको प्रसम्सा गरेका थिए । सुर्यतारा क्लबले खेल महोत्सवलाई निरन्तरता दिने बताउदै क्लब लाई सहयोग गर्ने विभिन्न ब्याक्तित्व हरुलाइ सम्मान गरिएको थियो। खेलाडी र क्लबका सदस्य  तथा शुभचिन्तक हरुको उल्लेख्य उपस्थिति रहेको थियोे ।कार्यक्रम क्लबको कार्यालय पोखरा २९ भन्डारढिकमा भएको हो। क्लबको  सचिब सरस्वती श्रेष्ठ शरु ले सन्चालन गरेको कार्यक्रम अध्यक्ष बिष्णु पुनले समापन गरेका थिए ।