रुपाले शुरु गर्यो स्वास्थ्य बिमा कार्यक्रम ।पालिकाले ५०% ब्यहोर्ने।
गण्डकी सन्देश सम्वाददाता
कास्की । शिबराज सुवेदी ।रुपा गा पा ले ५०% छुट सहित नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । रुपामा कुल ३५ सय घरपरिवार रहेकोमा हालसम्म ५०० परिवारको बिमा गरिसकिएको र बाँकीलाई समेत सहभागी गराइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
ओझाका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पाँच जनाको परिवारको बीमा गर्दा लाग्ने रु तीन हजार ५०० को ५० प्रतिशत गाउँपालिकाले व्यर्होने छ । बीमाका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको ओझाले बताए । उनले भने “स्वास्थ्योपचार सेवा नागरिकको मौलिक अधिकार हो । स्वास्थ्य बिमामार्फत नागरिकको स्वास्थ्योपचार सेवामा पहुँच वृद्धि गर्नेगरी माौलिक हकको कार्यान्वयनको काम गरेका छौँ ।”
त्यसैगरी, गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बीमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम गरिएको हो । पालिकाभित्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम नहुँदा जनताले सेवा लिन पोखरा धाउनुपर्ने र विभिन्न समस्या पनि झेल्नुपर्ने भएकाले त्यसलाई सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरिएको गाउँपालिकाले जनाएको छ ।
रुपा अस्पतालमा हाल दुई चिकित्सकसहित २८ जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए । अस्पतालमा आगामी वर्षदेखि दन्त उपचार सेवा विस्तार गर्ने योजना छ । सो अस्पताल सञ्चालनका लागि पालिकाले वार्षिक रु ५० लाख खर्च गर्दै आएको बरालले बताए ।
रुपा अस्पतालबाट २४सैँ घण्टा आकस्मिक सेवा, सार्वजनिक बिदाको दिनबाहेक ओपिडी सेवा, निःशुल्क एम्बुलेन्स सुविधा, एक्स रे मेसिन, ल्याब, फार्मेसी, गर्भवती जाँच, गाउँघर स्वास्थ्य क्लिनिक, नियमित खोप सेवा आदि सेवा उपलब्ध हुँदै आएको छ।
सुन तस्करी प्रकरणमा जोडिएको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ।सीआईबी स्रोतले राहुल अहिले सीआईबीकै नियन्त्रणमा रहेका जानकारी गराए...
Read More
सन्तोष तिमिल्सिना दोहा कास्की जिल्ला माछापुच्छ्रे गाउपालिका वडा नं २ स्थायि ठेगाना भई हाल पोखरा महानगरपालिका -१३ मा वसोवास गर्दै आइरहेका कर्ण वहादुर तमाङ र उनका छोरा कुल बहादुर...
Read More
वीरगञ्ज : पर्साको पकाहामैनपुर गाउँपालिका- १ धोरेका वडाध्यक्ष ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनीसहित तीन जना लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका छन् । प्रहरीले उनीसँगै रहेका...
Read More
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । कारोबार खुलेसँगै सामान्य उचारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ०.०२ प्रतिशतले बढ्यो । ०.०२...
Read More