वैशाख ५ गते २०८२

गण्डकी बिश्वबिधालयका कुलपति तिवारी सम्मानित ।

लेखनाथ , शिबराज सुवेदी ।नागरिक परोपकार समन्वय संस्था कास्कीले गण्डकी बिश्व बिधालयको कुलपतिमा नियुत्ती हुनु भएका प्रा. डा इन्द्र प्रसाद तिवारीलाइ हार्दिक बधाई सहित सम्मान गरेको छ ।

नयाँ वर्ष २०८२ को शुभ अवसर पारेर शुक्रवार राखिएको कार्यक्रममा गण्डकी प्रदेश सरकारबाट कुलपतिमा नियुक्ति हुनु भएका संस्थाका पुर्व सल्लाहकार तथा आजिवन सदस्य तिवारिलाइ सफल कार्यकालको शुभकामना सहित वधाई ज्ञापन गरिएको हो ।

कार्यक्रममा बोल्दै कुलपति तिवारीले गण्डकी बिश्वबिधालयको शैक्षीक विकासका लागि यस प्रदेश भित्र रहेका सवै सामाजिक संघ सस्थाको सहकार्यमा अगाडी वढाउने र उच्च शिक्षाका लागि अन्य प्रदेशवाट पनि गण्डकी प्रदेशमा नै आउने गरि शैक्षीक गुणस्थरको विकास नै आफनो लक्ष्य रहेको वताएका थिए ।

सोही अवसरमा संस्थाका संरक्षक एवंम वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदी, निर्वतमान अध्यक्ष चिरञ्जीवी तिवारी, सल्लाहकार बाबुराम गिरिले गण्डकी विश्व विद्यालयले खोलमुलक शिक्षा र स्वदेशमा नै रोजगार सृजना हुने खालको शिक्षा दिन सक्नु पर्नेमा जोड दिएका थिए ।

संस्थाका अध्यक्ष देवराज पन्थिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शिवराज सुबेदिले गरेका थिए ।