रुपा कास्की , शिबराज सुवेदी ।जिल्ला समन्वय समिति कास्कीले कास्कीका पालिकाहरूको आर्थिक वर्ष २०८०/८१ को वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ।
जिसस कास्कीले मंगलबार विशेष कार्यक्रम मार्फत सार्बजनिक गरेको नतिजा अनुसार कूल सय अन्कभारमा रूपा गाउँपालिकाले ६८ प्रतिशत, अन्नपूर्ण गाउँपालिकाले ६६.५ प्रतिशत, मादी गाउँपालिकाले ६१.५ प्रतिशत, पोखरा महानगर पालिकाले ४७.५ र माछापुच्छ्रे गाउँपालिकाले ४५ प्रतिशत प्राप्त गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नतिजा सार्वजनिक गरेलगत्तै कास्कीका पालिकाहरूको वित्तीय सुशासनको अवस्था अपेक्षाकृत सुधार हुन नसकेको उल्लेख गरे ।
प्रमुख पौडेलले ४० प्रतिशतभन्दा तल उच्च जोखिम ,४० प्रतिशत बाट ८० प्रतिशतसम्म मध्यम जोखिम र ८० भन्दा माथि अंक प्राप्त गर्ने पालिका न्यून जोखिममा रहेको भन्दै आगामी वर्षका नतिजामा सुधार गर्ने गरेर आफ्ना कार्य सम्पादन गर्न पालिकाहरू थप गम्भीरतापूर्वक लाग्नुपर्ने बताए ।
वित्तीय सुशासनको विषय पालिकाहरूले उच्च प्राथमिकतामा राख्नु पर्ने भन्दै पौडेलले पालिकाहरूमा शाखागत समन्वय थप मजबुत बनाउनु जरुरी भएको उल्लेख गरे ।
प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत जिसस कास्कीका उपप्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, कर्मचारी, सञ्चारकर्मी र सरोकारवालाहरूको उपस्थिति थियो ।
पोखरा ।सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ । उच्च सरकारी स्रोतका अनुसार शुक्रबारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानबिन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द...
Read More
तनहुँको व्यास नगरपालिकामा सडक भासिएपछि पृथ्वीराजमार्ग एकतर्फीमात्र सञ्चालन भएको छ । मंगलबार बिहान तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । सडक भासिएका...
Read More
पाेखरा । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले खेलकुद क्षेत्रमा सबै मानिस लागेमा अस्पतालको चाप घट्ने बताएकी छन् ।पोखरा शारीरिक सुगठन सङ्घको पदस्थापनलाई सम्बोधन गर्दै उनले सबै मानिस...
Read More
सन्तोष युरोपियन देश साईप्रसमा लोकतन्त्रमा विश्वास गर्नेहरुको साझा संगठन नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा पुष्पा मिश्र सर्बसम्मत रुपमा चयन हुनुभएको छ । जससको आज आईतवार भर्चुवल एवमं भौतिक रुपमा...
Read More