वैशाख २५ गते २०८२

रिलायन्स स्कूल जुनियर रेडक्रस सर्कलद्वारा विश्व रेडक्रस दिवसमा ज्येष्ठ नागरिकलाई फलफूल वितरण

रिलायन्स स्कूल जुनियर रेडक्रस सर्कलद्वारा विश्व रेडक्रस दिवसमा ज्येष्ठ नागरिकलाई फलफूल वितरण

पोखरा, २५ बैशाख – विश्व रेडक्रस दिवसको अवसरमा पोखरा–२६ मा रहेको रिलायन्स पब्लिक स्कूलको जुनियर रेडक्रस सर्कलले पोखरा–२६, बुढीबजारस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम सर्कलकी अध्यक्ष निष्ठा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम को प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, पोखरा–२६ राखी उपशाखाका अध्यक्ष अम्बिका मोहन भट्टराईले बालबालिकाले देखाएको सामाजिक सेवाप्रतिको रुचि सराहनीय रहेको उल्लेख गर्नुभयो।

कार्यक्रम मा लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेनाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। फलफूल वितरण ज्येष्ठ नागरिक सेवा केन्द्रका संयोजक राममणि बरालमार्फत गरिएको थियो।

सर्कल सचिव जेसिका खड्काले संचालन गरेको कार्यक्रममा अतिथिहरूलाई विद्यालयका अध्यक्ष कमल रानाभाटले स्वागत गर्नुभएको थियो। सर्कल उपाध्यक्ष दीक्षा पुर्जाले रेडक्रसका सात सिद्धान्तहरूको वाचन गरेकी थिइन्।

कार्यक्रमको सहजीकरण शिक्षक नायक लक्ष्मण भुजेल र विद्यालय संयोजक टेकनाथ आचार्यले गर्नुभएको थियो।