कार्तिक १४ गते २०७६

चिनले हवाईजहाज पनि विद्युतले उडाउने

बिहीवार, कार्तिक १४,
एजेन्सी । चीनले पहिलो विद्युतीय जहाजको सफल परीक्षण गरेको बताएको छ।

४ सिट भएको उक्त विद्युतीय जहाजले मंगलबार पहिलो परीक्षण उडान गरेको थियो । १२ सय किलोको जहाज ८।४ मिटर लामो रहेको चिनियाँ समाचार माध्यमले जनाएका छन्। कार्वन फाइबरबाट बनेको जहाजको तौल न्यून भएको बताइएको छ।

१३।५ मिटर लामो पखेटा भएको जहाज एक पटक फूल चार्ज गरेपछि ३ सय किलोमिटरसम्म उड्न सक्ने बताइएको छ।

विमान ९० मिनेटसम्म लगातार उड्न सक्छ । चीनको उत्तरी सहर शेन्योगमा जहाजको परीक्षण उडान गरिएको थियो।