पौष २ गते २०८०

पोखरामा अटोभिलेज बन्ने, सबै सरोकारवाला एक भए

पोखरामा अटोभिलेज आवश्यकता, सम्भावना र चुनौती बिषयक अनर्तकृया कार्यक्रम सम्पन्न भएको छ । पोखरा टेलिभिजन र गण्डकी अटो मेकानिकल वक्र्स एशोसियसनको संयुक्त आयोजना तथा तालबाराही खवर साप्ताहिकको सहजिकरणमा भएको कार्यक्रममा पर्यटकीय राजधानी निमार्णको लागी पोखरामा अटोभिलेज अपरिहार्य रहेको सरोकारवालाहरुले बताएका छन् । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका तीन वटा स्थान मुख्य सम्भावना देखीएको बताउदै अटोभिलेजको स्थापनाको लागी सबैको साथ र सहयोग चाहिने बताउनुभयो

साथै मेयर आचार्यले पर्यटकिय राजधानी निर्माणको लागी अटोभिलेज पहिलो शर्त भएको बताउदै यसका लागी बिभिन्न तहमा छलफल भईरहेको पनि जोड दिनुभयो कार्यक्रममा नागरीक समाज कास्कीको तर्फबाट बिष्णुहरी सुवेदी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष बिष्णु केसी, अखिल नेपाल यातायात मजदुर संघ सचिव अर्जुुन पौडेल , पृथ्वी बस ब्यवसायी कम्पनी प्रालीका अध्यक्ष योगेन्द्र केसि पोखरा महानगरपालिकाका निवर्तमान प्रर्वक्ता धनबहादुर नेपाली, पत्रकार शिवराज बस्ताकोटी लगायतले अटोभिलेजको आवश्यकता र औचित्य सम्बन्धी धारण राख्नुभएको थियो । गण्डकी अटो मेकानिकल वक्र्स एशोसियसनका अध्यक्ष सन्तोष मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ताल बाराही साप्ताहिकका संचालक सुर्य सिकारुले कार्यपत्र प्रस्तुत गर्नूभएको थियो । पोखरा टेलिभिजनका प्रवन्ध निर्देशक माधव पनेरुले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।